
बैतडी– बैतडीका पत्रकार सुरज महराको काठमाडौंमा मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–४ मा पत्रकारिता गर्दै आइरहेका महराको काठमाडौंमा मंगलवार मृत्यु भएको हो। महरा विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए।
२ महिनादेखि काठमाडौंमा उपचार गराइरेका उनको एक्कासी मंगलवार मृत्यु भएको सहकर्मी मनमोहन विस्टले बताए। १८ वर्षीय महरा बैतडीकै अनलाइनमा कार्यरत थिए। उनी कृष्ण मावि पाटनमा डिप्लोमा तह पाचौं सेमेष्टरमा अध्ययनरत थिए।


