बाजुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउने भएका छन्। असार २० गते बुधबार नारी टेलिभिजनकाे सुभारम्भ तथा उद्धघाटन गर्न बाजुरा आउने कार्यक्रम रहेकाे लामिछानेकाे सचिवालयले जनाएकाे छ । काठमाण्डाैबाट सचांलित “नारि टेलिभिजन” एचडीको बाजुराको बुढिगंगा नगरपालिका १० सिगाडा बाट असार २० गते उद्घाटन हुने भएको सचिवालयकाे भनाइ रहेकाे छ । उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रबि लामिछानेको प्रमुख आतिथ्य र बिशिष्ट अतिथि बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानिया उपमेयर माया खड्का कुवर वडाअध्यक्षत दल बहादुर साउँद लगायतको सहभागितामा हुने सचिवालयले जनाएकाे छ । सोहि कार्यक्रममा बुढिगंगा नगरपालिका एचआइभी संक्रमित महिला र वडा नम्बर १० का एकल महिलालाई सहयोग कार्यक्रम रहेको जनाएकाे छ । एकल महिला तथा एचआइभी संक्रमित महिलालाइ थप आयआर्जन तथा सिपमुलक कार्यक्रम लागि समन्वय समेत अगाडि बढाइने श्राेतले जनाएकाे छ ।