शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाको बजेट ६१ करोड ७६ लाख

बुढीगंगा नगरपालिकाको बजेट ६१ करोड ७६ लाख

  • आइतवार, असार १०, २०८०
बुढीगंगा नगरपालिकाको बजेट ६१ करोड ७६ लाख

बाजुरा– बुढिगंगा नगरपालिकाले आर्थिक बर्ष ०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी नगर उपप्रमुख माया कुवर खड्काले आठौं नगरसभामा ६१ करोड ७६ लाख बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख खड्काले नगरसभामा आगामी आर्थिक बर्षको बजेट पेश गरेको छ । “शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार” भन्ने मुल नाराका साथ सुरु भएको नगरसभामा आर्थिक ऐन ,स्थानिय भु उपयोग नीति लगायत २१ वटा कार्यबिधी निर्माण गर्ने निर्णय संगै गरेको छ ।

No description available.
आठौ नगरसभाले शैक्षिक क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर रकम विनियोजन गरेको छ । शैक्षिक क्षेत्रको बिकास, बृहत शैक्षिक सुधार कार्यक्रम र आधुनिक शिक्षा प्रणालीको विकासका लागि १ करोड विनियोजन गरेको छ । त्यसै बडिमालिका क्याम्पस स्थतर उन्नतिको लागि ५ लाख विनियोजन गरेको छ ।
कृर्षि क्षेत्रमा १ करोड पशुलापनमा २५ लाख कृर्षि एम्वुलेन्स खरिदको लागि ३५ लाख विनियोजन गरिएको छ । कृर्षिको बैज्ञानिकीकरण र आधुनिकीकरण कृषक सहुलियत पशु नस्ल सुधार कार्यक्रम लाई दोस्रो प्राथामिकतामा लिएको छ ।
स्वास्थ्य सेवामा नागरिकका सहज सेवाको लागि एम्वुलेन्स खरिद प्रकृया अगाडी बढाईने र नागरिकको सहजताको लागि फार्मेसी संचालनका लागि आवश्यक रकम विनियोजन गरिएको छ । स्वास्थ्य शाखाको लागि ५० लाख र एम्वुलेन्स खरिदको लागि १५ लाख विनियोजन गरिएको छ ।
साविकको तीन ओटा गाउविकास जोड्ने सडक कालोपत्रेको लागि ४ करोड विनियोजन गरिएको छ । पूर्वाधार विकास शाखा संचालनको लागि १० लाख विनियोजन गरिएको छ ।
त्यसै गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लागत साझेदारीमा जोड्न वेरोजगार न्यूनिकरण गर्न गरिव विपन्न पिछाडा बर्ष अपाङ दलित हिंसा पिडित उद्यम विकासका कार्यक्रम अन्र्तगत नगर प्रमुख तथा उपप्रमुख रोजगार कार्यक्रम अन्र्तगत २ करोड विनियोजन गरिएको छ ।
लैंगिक समानता महिला सशक्तिकरण बाल संरक्षण सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १० लाख र नगरउपप्रमुख कोशेली कार्यक्रमको लागि ४ लाख विनियोजन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार