• होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुरामा बिशेषज्ञ सेवा, पहिलो पटक १० जना मेडिकल अधिकृत

जिल्ला अस्पताल बाजुरामा बिशेषज्ञ सेवा, पहिलो पटक १० जना मेडिकल अधिकृत

  • शनिबार, जेष्ठ २०, २०८०
जिल्ला अस्पताल बाजुरामा बिशेषज्ञ सेवा, पहिलो पटक १० जना मेडिकल अधिकृत

बाजुरा–जिल्ला अस्पताल बाजुरामा बिशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा तिन जना बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन सँगै बिशेषज्ञ सेवा शुरु भएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले वताएका छन् ।
अस्पतालमा ३ जना बिशेषज्ञ सहित १० जना मेडिकल अधिकृत रहेका छन् । डा. रोशन भटराइ अर्थोपेटिक, डा. सुनिल कुमार शाह स्त्रिरोग बिशेषज्ञ र डा. नविन कुमार बयर एमडिजिपि चिकित्सक रहेका छन् ।

अस्पताल बाजुरामा पहिलो पटक १० जना चिकित्सकले बिरामीको सेवा दिइरहेको अस्पताल बाजुराका निमित्त प्रमुख डा. मिलन जोशीले वताएका छन् । मेडिकल अधिकृत डा. मिलन जोशी, डा. सरौभ अधिकारी, डा. सास्वत सिं कुवर, डा. निपेश राज गिरी, डा. चेत बहादुर धामि, डा. गौतम यादव र बिडिएस डा. राजकुमार रोकाया रहेको जोशीले वताएका छन् ।

तिन जना बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि जटिल खाले रोगको उपचार अस्पताल बाजुरामामै शुरु भएको छ । अस्पतालले जटिल प्रकारका हाडजोर्नी सम्वन्धि समस्या भएका विरामीहरुको जिल्लामै सफल सल्यक्रिया गर्न थालेको छ । ३ महिना देखि हाडजोर्नी तथा नसारोग बिषशेज्ञ डाक्टर रोशन भट्टराईलाई नियुक्त गरेपछि उक्त समस्या भएका विरामीहरुको सफल सल्यक्रिया गर्न थालेको हो ।

डाक्टर भट्टराईले ३० भन्दा बढी जटिल प्रकारका हाडजोर्नि सम्वन्धिका विरामीको उपचार गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । अस्पतालमा दैनिक हाडजोर्नि तथा नसारोग सम्वन्धिका ४÷५ जना बढी विरामीहरुको सफल सल्यक्रिया गरिरहेको बताएको छ । हाडजोर्नि सम्बन्धि उपचार सेवा लिनका लागि धनगढी नेपालगञ्जमा लाखौ रकम खर्च हुने गरेको थियो ।

हाडजोर्नी सम्वन्धिको जटिल खालको बुढीनन्दा नगरपालिका १० का जेम्स सार्कीको सफल सल्यक्रिया भएको छ । उनको अप्रेसनका लागि धनगढी नेपालगञ्ज जानुपर्ने रहेको थियो, अस्पतालमा सेवा भएपछि जिल्लामै अप्रेसन भएको जेम्सका आफन्तले वताएका छन् । अन्यत्र लिन पैसा थिएन्, यतै उपचार पाउदै निकै सहज भएको आफन्तले वताए ।

त्यस्तै स्त्री रोग बिशेषज्ञ डा. सुनिल कुमार शाहले महिला स्वास्थ्य समस्या सम्बन्धि उपचार गरिरहेका छन् । बाजुरामा पाठेघर सम्बन्धि धेरै समस्या हुने गरेका थिए । जिल्ला बाहिर जान आर्थिक समस्या हुने गरेको थियो, जिल्लामै स्त्रि रोग बिशेषज्ञ भएपछि धेरै महिलाको पाठेघर सम्बन्धि समस्या समाधान भएको छ ।

शुरु शुरुमा रोग लुकाउने महिलाहरु अहिले खुलेर उपचार गर्न अस्पतालमा आउने गरेका छन् । बाजुरामा लामो समय सम्म एमडिजिपिको ब्यबस्थापन भएको थिएन् । चार महिना पहिला सरकारले छात्रबृत्ति करारमा रहेका डा. प्रेरित देवकोटा पठाएको थियो । उनि एक महिनामै सरुवा भएका थिए । अस्पताल ब्यबस्थापन समितिले एमडिजिपि डा. नविन कुमार बयर भर्ना गरेपछि अस्पताल बाजुरामा एमडिजिवि चिकित्सकको ब्यबस्थापन भएको छ । अस्पताल बाजुरामा दन्त चिकित्सकले सेवा दिइरहेका छन् । बिडिएस डा. राजकुमार रोकायाले सेवा दिइरहेका छन् । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष कार्कीका अनुसार थप बिशेषज्ञ चिकित्सक ल्याउने पहल भइरहेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार