मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अर्थमन्त्रीले भने : ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन

अर्थमन्त्रीले भने : ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन

  • आइतवार, माघ २९, २०७९
अर्थमन्त्रीले भने : ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन

काठमाडौं   –  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन् ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए ।

बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार