मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • विप्लव निकट नेकपाले लगायो बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला

विप्लव निकट नेकपाले लगायो बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला

  • आइतवार, माघ २९, २०७९
विप्लव निकट नेकपाले लगायो बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला

अर्थ जङ्ग शाही/बझाङ — विप्लव निकट नेकपाले बझाङको बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएको छ । नगरपालिका १ महिना देखि प्रमुख प्रशासकिय अधिकृत विहिन भएपछी नगरपालिको कार्यालय विजगडामा नगर प्रमुख जयबहादुर धामी र उपप्रमुख धन बहादुर बोहराको कार्यकक्षमा ताला लगाएको हो ।

आइतबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप समेत लगाएको छ । दलगत स्वार्थका कारण कर्मचारी खिचातानी गर्नाले नगरपालिका कार्यालय कार्यकारी विहिन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । जसका कारण स्थानियले ठुलो सास्ती भोग्नु परेको र उक्त समस्या समाधान गर्नका लागि ताला लगाएको पार्टीका जिल्ला सेक्रेटरी जिवनले बताए ।

जनताको पिडाको सम्बोधन नभएमा कडा संर्घषमा जाने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । नगर उपप्रमुख बोहरा केहि समय अघिदेखि धनगढी र नगर प्रमुख धामी काठ्माण्डौमा रहेका छन।

No description available.

चर्चामा

सम्बन्धित समाचार