बाजुरा — नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १६ औ वार्षिक साधारण सभा सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे छ । प्रेश स्वतन्त्रताकाे आधार: सुरक्षित र व्यवसायीक पत्रकार भन्ने मुल नाराका साथ महासंघकाे १६ औ वार्षिक साधारणसभा मार्तडीमा सम्पन्न भएकाे हाे ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे प्रमुख आतिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाकि उपप्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र विष्ट बडीमालिका नगरपालिकाकि उपप्रमुख नन्दा थापा लगायत प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लकाे अध्यक्षतामा संचालन भएकाे साधारणसभामा महासंघका साधारण सदस्यहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन सचिव रमित विकले गरेका थिए। साधारण सभामा उपस्थिति सवैलाई महासंघका उपाध्यक्ष संगिता तिमिल्सिनाले स्वागत मन्तव्य राखेकि छन् । साधारण सभामा सागाठानीक प्रतिबेदन तथा आर्थिक प्रतेबेदनहरु प्रस्तुत गरिएका थिय ।
साधारण सभाकाे खुला शत्र समापन पश्चात बन्द सत्र पनि आजै समापन भएकाे नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्लले बताएका छन । बन्द सत्रमा सांगाठानिक प्रतिबेदन र आर्थिक प्रतिबेदनका बिषयमा छलफल गरी आगामी कार्यक्रमका बारेमा छलफल गर्दै समापन गरिएकाे अध्यक्ष मल्लले बताएका छन ।