• होमपेज
  • समाचार
  • देशभर ३४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

देशभर ३४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

  • आइतवार, मंसिर ४, २०७९
देशभर ३४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोको नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान शान्तिपूर्ण रूपमा सुरु भएको डीआईजी राईले बताए । उनले भने–‘कुनै पनि मतदान स्थलमा समस्या छैन, सवैतिर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।’

चर्चामा

सम्बन्धित समाचार