• होमपेज
  • बाजुरा बिशेष
  • लाल बहादुर थापाको पक्षमा जनमत बलियो बन्दै

लाल बहादुर थापाको पक्षमा जनमत बलियो बन्दै

  • बुधबार, कार्तिक ३०, २०७९
लाल बहादुर थापाको पक्षमा जनमत बलियो बन्दै

बाजुरा–बाजुरा प्रदेश ख का एमालेका उम्मेदवार लाल बहादुर थापाको पक्षमा जनमत बलियो बन्दै गएको छ । चुनावी प्रचारप्रसारमा घरदैलो पुगेका थापाको पक्षमा जनमत निकै उर्लदो देखिएको छ ।
थापा गाउँमा प्रचारप्रसारमा पुग्दा जनताले फुलमालाले स्वागत सँगै आफ्ना समस्याका बारेमा राख्ने गरेका छन् । थापा संघिय सांसद हुदा ५ बर्ष सम्म बाजुराका सवालका बारेमा राम्रो काम गरेकाले उहाँ प्रति हाम्रो आश भरोस रहेको बुढिगंगा एक स्थानिय शंकर रावतले वताए ।
थापाले घरदैलो अभियानमा भने जसरि संघमा काम गरे त्यो भन्दा राम्रो प्रदेश सांसद हुदा मन बचन देखी बाजुराको विकासमा लाग्ने वताए । उम्मेदवार थापाले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे ।
हरेक गाउँमा आफूले कुनै न कुनै प्रकारको विकास योजना जनतासामु पुरयाएको थापाले वताइरहेका छन् । ५ बर्ष सम्म आफुले जिल्लाका बारेमा गरेका कामको बारेमा केही दिन पहिला प्रतिनिधि सभामा ५ बर्ष भनेर पुस्तक नै सार्वजनिक गरेका थिए ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समितिको सभापति बनेका थिए । सभापति बन्दा तत्कालिन २७ गाविस मध्ये १६ वटा नेकपा एमालेले जितेको थियो । थापा सबैभन्दा कान्छा जिल्ला सभापति बनेका थिए ।
थापा सभापति हुदा पञ्चवर्षिय योजनाको अवधारणा ल्याएर चर्चा कमाएका थिए । थापा भन्छन्, ५ बर्ष संसदमा मात्र नभइ जिविस सभापति भएको बेला पनि जनताको मन जितेको वताएका छन् ।
जिल्ला विकास समितिको सभापति हुँदा जिल्लाको विकास योजना देखि प्रतिनिधी सभा सदस्य हुँदा जिल्लाका लागि ल्याएका योजनाले थापा हाबी देखिन्छन् । पार्टी भित्रको संगठनमा समेत बलियो पकड राख्ने थापा विपक्ष पार्टीको पनि रोजाइका पात्र हुन् । थापा सँग अहिले गठबन्धन बाट काग्रेसका पदम बहादुर शाही प्रतिश्पिधि रहेका छन् । शाही एमालेका प्रकाश शाह सँग २०७४ सालमा पराजय भएका थिए ।
२०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका उम्मेदवार लालबहादुर थापाले २८०६५ ल्याएर जितेका थिए । थापा पार्टी भित्र होस् की, बाहिर कुनै पनि चुनावी प्रतिस्पर्धामा हार बेहोरेको अनुभव नभएका नेता हुन्, । नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज थापा आफ्नो जीवनको तेस्रो पटक संसदीय मोर्चाको चुनावी प्रतिस्पर्धामा छन् । २०५४ सालको जिल्ला विकास समितिको सभापतिका लागि वडा सदस्य र २०७४ को प्रतिनिधी सभा निर्वाचनमा थापा सहज विजयी भएका थिए ।

पहिलो र दोस्रो चुनावी प्रतिस्पर्धा सहज जित निकालेका थापा यो पटक पनि जित नजिक देखिन्छन् । काँग्रेसका उम्मेदवार कविराज पण्डितले २३१८१ मत ल्याएका थिए । भने राप्रपाका जितबहादुर शाहीले ४६५ र १५४९ मत बदर भएको थियो ।
पार्टी भित्रको दौडमा सहमतिबाटै भएपनि कुनै पटक पछि फर्केर राजनीतिक विश्राम नलिएका थापालाई विपक्षसँगको चुनावमा हार बेहोरेको अनुभव नै छैन् । थापा प्रतिनिधी सभा सदस्य हुँदा पनि आफ्नै पार्टीको मन्त्रीलाई रातो किताब बुझाएर चर्चामा आएका थिए । बाजुरालाई योजनामा प्राथमिकता नदिएको आक्रोश थियो ।
थापासँग नेपाली काँग्रेसले सयुक्त गठबन्धनको उम्मेदवारका रुपमा पदम बहादुर शाहीलाई उम्मेदवार बनाएको छ । शाही भन्दा थापा शक्तिशाली देखिन्छन् । प्रदेश निर्वाचन क्षेत्र (ख) मा पर्ने पाँच वटा स्थानीय तह मध्ये नेकपा एमालेले ४ मा जित निकालेको छ । भने काँग्रेस एउटा पालिकामा सीमित छ ।
त्रिवेणी नगरपालिका बाहेक बडीमालिका, बुढीगंगा, गौमुल र खप्तड छेडेदह एमालेले नै अग्रता मत ल्याउने आँकलन छ । बुढीगंगा र गौमुलमा स्थानीय तह निर्वाचनको मतान्तरमा समेत अझै बढी अन्तर ल्याउने एमालेको आन्तरिक योजना छ ।
निर्वाचन क्षेत्र (ख) मा माओवादी र समाजवादीको कम प्रभाव क्षेत्र भएकोले पनि गठबन्धनले खासै असर नगर्ने देखिन्छ । एमालेले पनि बाजुरा जिल्लाका प्रतिनिधी सभा र प्रदेश सभा दुबैलाई सहज जित्ने क्षेत्रका रुपमा राखेको छ ।
तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा पनि थापाले आफ्नो अपराजित यात्रालाई पार गर्ने देखिएको छ । पार्टी भित्रको अन्तर विवादलाई समेत सहज मिलाएर चुनावी प्रचारमा खटिएका थापाको जितले एमाले प्रतिनिधी सभा उम्मेदवार कर्णबहादुर थापालाई समेत सहज पार्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार