• होमपेज
  • राजनीति
  • एमालेले जहाँ छोयो त्यहाँ विकास हुन्छः केपी ओली

एमालेले जहाँ छोयो त्यहाँ विकास हुन्छः केपी ओली

  • बिहिबार, कार्तिक २४, २०७९
एमालेले जहाँ छोयो त्यहाँ विकास हुन्छः केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन्। बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन्।

‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो। हाम्रो पार्टी शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो। अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ’, ओलीको भनाइ छ। उनले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको भन्दै उनले जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको समेत बताए।

उनले गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम नै नभएको भन्दै गठबन्धन कायम राख्ने भनेका दलहरूले आ-आफ्नै घोषणापत्र जारी गरेको बताए। उनले अब नेपालमा फुटेका हाडीका खपटा जोडे जसरी जोडेर सरकार नबन्ने भन्दै राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो गर्न सक्ने एमाले मात्रै रहेको दावी गरे।

चर्चामा

सम्बन्धित समाचार