अर्थ जङ शाही/बझाङ — जिल्लाको खप्तडछान्ना गाउँपालिका –६ पाटादेवलमा दुई पक्ष बिच झडप हुँदा चार जना घाईते भएका छन् भने दुई जनाको अबस्था गम्भिर रहेको बुझिएको छ । बिहिबार साँझ पुरानो झगडाको बिवादलाई लिएर झगडा हुँदा खप्तड छान्ना – ६ पुजारीगाउँ बस्ने नेपाली काङ्ग्रेस तरुण बिभागका केन्द्रीय सदस्य बसन्त खड्का उनका काका दिपक खड्का र नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष तेज खड्काका भाइ त्रिभुवन खड्का ,प्रकाश खड्का घाईते भएका छन् । बसन्त खड्का र दिपक खड्कालाई गम्भिर चोट लागेकोले प्रहरीको भनाई छ ।
प्रहरी चौकी नजिकै भएको झगडाको घटनाको प्रतक्षदर्षी प्रहरी बनेको छ । “साँझ तिर पाटादेबलमा बसन्त खड्कालाई देखेर त्रिभुवन खड्का गाली गर्दै आएको र प्रहरीले दुई पटक घर पठाएको थियो पाटादेबल प्रहरी चौकीका ईन्चार्ज राम बहादुर बमले भने , पछि त्रिभुवनका भाई प्रकाश खड्का ,कटक खड्का भतिजा उज्वल खड्का,राजकुमार खड्का लगायतका हातमा लठ्ठी र घरेलु हतियार सहित आएर बसन्त खड्का माथी हमला गरेपछि झगडाले उग्ररुप लिएको समेत उनको भनाइ छ। झडपलाई शान्त गर्न खोज्दा तिन जना प्रहरी समेत सामान्य धाईते भएको समेत बताए। तरुण दलका नेता समेत रहेका बसन्त खड्का र उनका काका दिपक खड्को हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेर जिल्ला अस्पतालतामा उपचार हुन नसकेपछि धनगडी रिफर गरिएको छ । अस्पताल स्रोतका अनुसार दुई जनाको अवस्था गम्भीर थियो र त्रिभुवन खड्काको समेत टाउकोमा घाउ लागेको छ भने प्रकाश खड्का सामान्य घाइते थिए हामी बाहिर उपचार गराउछौ भने पछि पठाइएको बताइएको छ । यता बसन्त पक्षले वडा अध्यक्ष तेज बहादुर खड्काको नेतृत्वमा आएको टोलीले योजनाबद्ध ढंगले आफुहरु माथी सांघातिक हमाला गरेको दाबी गरेको छ । गाउँ घरमा एक्ला एक्लै आउँदा जादा पनि बाटो घाटोमा लागेर निउ खोज्दै गाली गर्दै आएको बसन्त पक्षको आरोप छ । निर्वाचन नजिक आएकोले योजना बनाइ प्रहरी चौकिको आगनमा प्रहरीहरुकै अगाडि घरेलु हतियार प्रयोग गरि वसन्त खड्का र दिपक खड्काको हात खुट्टा र टाउकोमा ढुङ्गाले थिचेर मार्ने योजना बनाएको समेत बसन्तका काका टेक बहादुर खड्काले बताए । घरेलु हतियार प्रयोग भएर संबेदनसिल अङ्ग टाउको र दिमागमै गहिरो चोट लाग्दा अवस्था गम्भीर भएको घाइतेका आफन्तले जनाए ,
वडा अध्यक्ष तेज बहादुर खड्काले आफु वडा कार्यालयमा भएको र घटनामा संलग्न नरहेको समेत बताउनु भएको छ । उहाँले दोहोरो झगडा भएकाले दुबै पक्ष घाइते भएको बताए ।
यस्तो अमानबिय घटनाको सामाजिक सन्जालमा चर्को आलोचना गरिएको छ । घटनाको सत्य तथ्य सहित अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गरिएको छ । यस अघि पटक पटक गरि समेत दुई पक्ष बिच झडप भई मुद्धा जिल्ला अदालत सम्म पुगेको थियो ।