• होमपेज
  • राजनीति
  • बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण कि नरेश ?

बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण कि नरेश ?

काँग्रेस भन्छ:- अहिले निर्णय लिएका छैनौ

  • बुधबार, कार्तिक २, २०७९
बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण कि नरेश ?

बाजुरा–बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा अन्योल रहेको छ । नेकपा माओवादी बाट उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिहेका छन्, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन् ।
नेपाली काँग्रेस बाजुराले पनि गठबन्धनको उम्मेदवार बिक कि शाही को हो भन्ने अन्योलमा रहेको काँग्रेस बाजुरा सचिब भरत बहादुर रोकायाले वताएका छन् । रोकायाले बडिमालिका खबर सँग भने एकचरणमा कोल्टिमा छलफल गरेका थियौ, तर आधिकारी को हुन्ने भन्ने निष्र्कषमा नपुगेको वताए । पार्टिको टिकट दुबै जनाको नाममा पार्टिले दिएका छन्, कसलाई गठबन्धनको आधिकारी मान्ने अन्योलमा रहेको रोकायाले वताए ।
गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश क माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टिले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट भने प्रदेश क बाट बल्देब रेग्मि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार