अर्थ जङ्ग शाही — नेपाली कांग्रेसका युवा नेता राजु थापाले अबको चुनाव जित्न इतिहास र विरासत मात्र भएर नहुने बताएका छन्। नेपाली कांग्रेस गोरखा क्षेत्र नं-२ को प्रदेश ‘ख’ बाट थापा प्रदेश सदस्यमा समानुपातिक तर्फमा सिफारिस भएका छन्।
आसन्न मंसिर ४ को चुनावलाई मध्येनजर गरी नेपाली कांग्रेसले समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो । उनले राजनीति संगै संगै मेडिकल ब्यवसाय तथा बिभिन्न संघ संस्थामा रहेर सामाजिक काम पनि गरिरहेका छन् । चाहे कोरोना कालमा होस् या भुकम्पको बेला होस सदैब सहयोगी भावनाले ओतप्रोत भएका उनी सहयोग गर्न हरदम तयार हुन्छन् । दुखमा परेका गोरखाबासी लगायत अन्यलाई सधै सहयोग गरि एक कुशल समाजसेवीको परिचय पनि बनाएका छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तथा मेडिकल क्रोसमा पांच बर्ष अध्ययन गरेका छन्। एक बौद्धिक युवा नेता , राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रको ज्ञान र अनुभव बोकेका उनी यस पटक गोरखाबाट सहस्र स्वीकार गर्नेमा बिश्वस्त छन् । सक्षम र योग्य ब्यक्ति यसपालीको निर्वाचनमा गोरखाले पाउनुपर्छ भन्नेमा अन्य दलका नेताको समेत एक मत रहेको स्थानिय ब्यक्तिहरु बताउँछन्।