• होमपेज
  • समाज
  • सुदूरपश्चिममा धुमधामसँग मनाइँदै, बाजुरामा खुल्ला देउडा प्रतियाेगिता हुने

सुदूरपश्चिममा धुमधामसँग मनाइँदै, बाजुरामा खुल्ला देउडा प्रतियाेगिता हुने

  • शनिबार, भदौ १८, २०७९
सुदूरपश्चिममा धुमधामसँग मनाइँदै, बाजुरामा खुल्ला देउडा प्रतियाेगिता हुने

आज गौरा पर्वको मुख्य दिन अठ्यावाली अर्थात् दुर्वाष्टमी सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ। आजका दिन गौराको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने गर्दछन्।

साेही क्रममा बाजुरामा सामाजिक बिकास कार्यालय बाजुराकाे सहयाेगमा बडिमालिका ९ चाैराटामा खुल्ला महिला देउडा प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । लाेक तथा दाेहाेरी प्रतिष्ठान बाजुराकाे आयाेजनामा साे प्रतियाेगिता हुने लाेक तथा दाेहाेरी प्रतिष्ठान बाजुराले जनाएकाे छ ।

आजका दिन महिलाहरु व्रत बसेर शिव र पार्वतीको पूजापाठ गर्ने, हिजो गौरा घरमा लगिएकी गौरालाई खेल खेल्दै पूजा गरी बिरुडा सिरमा चढाउने प्रचलन समेत रहेको छ। भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट सुरु हुने यो पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको छ। गौरा पर्वको सुरुवात बिरुडा पञ्चमीबाट हुन्छ।

गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर भिजाउने गर्दछन्। जसलाई बिरुडा भनिन्छ। पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ। सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ।

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराको विशेष पूजा गर्ने चलन रहीआएको छ। यो पर्वमा खास गरेर विवाहित महिलाहरुले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। बिरुडा पञ्चमीकै दिनदेखि व्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गर्दछन्।

चर्चामा

सम्बन्धित समाचार