शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • देश
  • पार्टिी माथि लगाएको प्रतिवन्ध हटाउन विप्लप माओवादीको प्रधानमन्त्रिसँग माग

पार्टिी माथि लगाएको प्रतिवन्ध हटाउन विप्लप माओवादीको प्रधानमन्त्रिसँग माग

  • बिहिबार, भदौ २, २०७९
पार्टिी माथि लगाएको प्रतिवन्ध हटाउन विप्लप माओवादीको प्रधानमन्त्रिसँग माग

बाजुरा — नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिवन्ध हटाउन विप्लप माओवादीको प्रधानमन्त्रिसँग माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत माग पत्र बुझाएको छ ।
२०७७ साल फागुन २७ गते नेपाल सरकार र नेपाल कम्न्यिुष्ट पार्टी बिच ३ बुँदे सहमति भएको तर पनि हालसम्म कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाई सम्पुणर् मुद्धाहरु खारेज गर्न विप्लप माओवादीको प्रधानमन्त्रिसँग माग पत्र बुझाएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका माहासचिव कमरेड विप्लप,प्रवक्ता प्रकाण्ड ,सचिवालय सदस्य विषम लगाएतका नेता कार्यकर्तालाई गत साउन १६ गते ललितपुर जिल्ला अदालत मार्फत पक्राउ पुर्जी जारि गरिएको प्रतिबन्द्ध फुकुवा गर्न नेपाल कम्युनिष्ट पार्टीका सचवि एण्डीजको हस्ताक्षारीत पत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएको निकै खेदजनक ,षडयन्त्रमुलक र मुलकलाई जर्वरजस्त द्धन्दमा नियोजित मनसायमा आधारित उक्त ३ बुँदे सहमति अविलम्ब कार्यान्वयनका लागि प्रधान मन्त्रिसंग जोडदार माग गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिव एण्डीजको हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।

नेपालको समरिक महत्तवको भुगोलमाथि आफ्नो हस्तक्षेप कायम राखेर राजनितिक तथा सैन्य अतिक्रमणलाई मजबुद बनाउने उदेश्यमा आधारित भएकाले उक्त सम्झौता खारेज गर्न नेपाल कम्युनिष्ट विप्लप माओवादीको माग रहेको छ ।

विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धि तथा सम्झौताहरुका कारणले गर्दा नेपालमा विदेशी हस्तक्षेप बढेकाले जस्ता काम भएरहेकोले नेपालमा आर्थिक राजनिति ,सामाजिक ,साँस्कृतिक ,सिमा अतिक्रमण लगाएतका समस्याहरु जटिल बन्दै गएका उपरोक्त असमान सन्धि तथा सम्झौता खारेज गर्न लगाएतका कुरा मागपत्रमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार