बाजुरा — बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ। बाजुराको नौ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कमजाेर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन्। बाजुराका उन्नाइस जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लिदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ।
शान्ति पुर्नस्थापना गृह शाखा कञ्चनपुर गड्डाचौकीका कर्याक्रम सयोजक सञ्चित सिहले, आर्थिक वर्ष २०७८ असार देखि २०७९ साउन सम्म बाजुराका महिलालाई त्रिनगर र गड्डाचौकी सिमानाकाबाट भारत तर्फ लगिरहेको अवस्थामा बाजुराका उन्नाइस जना महिलालाई उद्धार गरिएको बताए।
उद्धार गरिएका महिलामा घरको आर्थिक स्थिति निकै कम्जोर र एकल महिला रहेको शान्ति पुर्नस्थापना गृहले जनाएको छ।