• होमपेज
  • देश
  • सरकारको एक वर्ष बर्बादी मात्र : एमाले

सरकारको एक वर्ष बर्बादी मात्र : एमाले

  • शुक्रबार, असार ३१, २०७९
सरकारको एक वर्ष बर्बादी मात्र : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको एक वर्ष बर्बादी मात्र भएको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले यस्तो आरोप लगाएको हो ।

‘सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नुभएको सम्बाेधन, सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम, विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ,’ एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार