• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाको मतगणना शुरु

बुढिगंगा नगरपालिकाको मतगणना शुरु

  • शुक्रबार, असार २४, २०७९
बुढिगंगा नगरपालिकाको मतगणना शुरु

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतगणना शुरु भएको छ । मतगणना वडा नम्बर १ र १० को शुरु गरिएको निर्वाचन अधिकृतको कार्यलय बुढिगंगाले जनाएको छ । गणना दुइ ठाउँ बाट शुरु गरिएको छ । बिहान ११ बजे बाट गर्ने सर्वदलिय बैठकको निर्णय भएपनि गणनामा केही ढिलाई भएको हो ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगाको चुनाव कडा सुरक्षाका बिच सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको थियो ।
बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।
वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार