बाजुरा — जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल सरुवा भएका छन । प्याकुरेलको बडिमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भएको हो ।
स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचान अनुगमन समितिको संयोजकको जिम्मेवारी पाएर बिबादमा आएपछि उनले आफैले सरुवा मागेको श्रोतले जनाएको छ । लगत्तै उनले मन्त्रालयमा सरुवा मागेर शुक्रबार नै बाजुराबाट गैइसकेका बडिमालिका नगरपालिकाले जनाएको छ ।