पदमबहादुर सिंह
बाजुरा– बुढीनन्दा नगरपालिका-८ वैशाखमा ३० गते स्थगित भएकाे मतदान आज शुरू भएकाे छ । वडाकाे पीस क्रेटर जोन एकेडेमी मतदानस्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच संचालन गरिएको छ ।
३० गते मतदान स्थलमा नेकपा एमाले र नेपाली काँग्रेशका कार्यकर्ताबिच विबाद उत्पन्न झडप पछि मतदान कार्य स्थगित भएको थियो । जेष्ठ ३ गते मंगलबार विहान ७ बजेदेखि सुरु गरिएको पीस क्रेटर जोन एकेडेमीमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्रमा ८ सय ६४ जना मतदाता रहेपनि १ सय ३६ मत मात्र खसेर बिबाद सुरु भएपछि मतदान स्थगित गरिएको जिल्ला निर्बाचन कार्यालयका प्रमुख नवराव अवस्थीले बताए ।
बिहान ७ बजेबाट सुरु भएको मतदा साझ ५ बजेसम्म संचालन हुने र लगत्तै मत गणना स्थलमा मत पेटीका पुगाएर सर्बदलिय बैठेक बसाएर मत गणना सूरु हुने अवस्थीले बताए । मतदान केन्द्रमा शान्ति सुरुक्षाको सुनिश्चितता गरी मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्न नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, म्यादि प्रहरीको गरी २ सय बढी मतदान स्थलमा रहेका छन् ।
मतदान स्थलका अन्य पालिकाबाट जाेडिएका नाकाहरुमा पनि कडा सुरक्षा ब्यबस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएपी चतुरभुज ओझाले बताए । सुरक्षा रणनिति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबार बिहान ७ बजे देखी ५ बजेसम्म मार्तडी कोल्टि सडक खण्डको मार्तडी देखी पोरखे काध र उत्तर तिर कोल्टि सम्म मात्र यातायात संचालन गर्न दिईएको छ ।