सुरेशकुमार पान्डे — हामिलाई आफुबसेको संगठन बाट साथिहरू अन्त जांदा दुःख लाग्छ त्यो वास्तवमा एउटा स्वभाविक प्रकृयानै हो।प्रत्येक ब्यातिलाई आफ्नो बिचार पोख्ने अधिकारछ,उस्तै अर्को संगठनमा जाने अधिकार पनिछ उनिहरू स्वतन्त्र रूपबाट कुनैपनि पार्टी संगठनमा आउंने जाने भनेको उन्को अधिकारको कुराहो त्यसबारे हामिले केहिभन्नुछैन।
हामिलाई कुनै साथिलाई पार्टीले कार्वही गरेपछि पनि अपच हुन्छ कुनै साथि आफु खुसी कतै गयो भनेपनि अपच भयको हुन्छ।कतै बाट आयो भने कोही खुसी हुन्छौ कसैले उमाथीं संका गर्न थाल्छौ।
यो दुइवटा कारणले हुन्छ पहिले कारण साथि सँगहाम्रो भावनात्मक समबन्ध गहिरो हुन्छ,आर्को हामिले त्यो गयो भने हाम्रो ठुलो नोक्सान भयको महेशुर्ष गर्छौं।हुनुपनि हो एउटा ब्याक्तिलाई संगठित गर्न मलजल दिएर हुर्काउंन कति समय र कति मिहेनत लाग्छ त्यो लगानि लगाएर जव हामिले देशमा अब केही गर्छ की भनेर सोच्दैगर्दा त्यो यात कुनै गलत बाटो तिरलम्किन्छ की निरास भयर नैतिक पतन हुन्छ।
कुनै पंक्तिबाट आएको ब्याक्तिलाई बाहिरिए ब्याक्ती जस्तै ठान्छौ।जानि नजानी उस्को बिरूद्धमा अघोषित गुट बनाउँन थाल्छौँ।कतिपयले त हामिलाई छाडेर जानेवेला ब्याक्तिलाई खुब गाली गर्छौ अनि फर्केर आउंनेवेला त्यसैलाई फुलको माला र अविर लगाएर स्वागत र सम्मान गर्छौं जस्तो की त्यो कुनै युद्ध जितेर आएको यौद्धाहो।
यो सबै हाम्रो भावनात्मक सम्बन्धको परिणामहो जो रगतको नाता जस्तै गाढा हुन्छ हामिले संगसँगै क्लासमा भागलिएका हुन्छौं कार्यक्रम बैठकहरू लगायतका कयौं आन्दोलन वा दुःख सुखलाई साझा गरेका हुन्छौं रगतको नाता नभएपनि एउटै परिवारको जस्तो एक आपसमा मायां हुन्छ र त्यस्तो सधै हाम्रो बिचमा रहेहुन्थ्यो भन्ने ठानेका हुन्छौ त्यो साथिलाई कार्वाही गर्दा उस्को गलती गौण र हामिभित्रको भावनात्मक सम्बन्धलाई प्रमुखतामा राखेर मुल्याङकन गर्न थाल्छौं।
यद्मापी यो हाम्रो सोंच र ब्यबहार स्वायम मालेमाको सैद्धान्तिक दृष्टीकोण बाट हेर्दा र पार्टी वा संगठनको बैधानिक नियम अनुसारपनि गलत हुन्छ।तर भावनात्मक सम्बन्धकै कारण हामी त्यो ब्याक्तिको गलतीलाई ढाकछोप गर्न थाल्दछौं र उस्को पक्षमा पार्टीको आलोचना पार्टी वा संगठन बाहिर समेत गर्न थाल्दछौं त्यसकारण पार्टीलाई जोगाउंन पार्टी भित्रबाट त्यसता ब्याक्तिहरूलाई अनुसाशनको कार्वाही गरिन्छ।पार्टि संगठनको नियम लाई थाहा पाएर पनि हामिहरू भावनामा बग्न थाल्छौ र आवेसमा आएर थुप्रै गर्न नहुंने कम्जोरीहरू हामिबाट हुन्छन।
यो अबस्थामा पार्टीले आफुलाई बचाउंन अनुसाशनको कार्वाही गर्नथाल्छ यही मार्क्सवाद लेनिनवादी नियमहो।यदी खुल्लम खुल्ला पार्टी संगठनको आलोचना गर्नथालेपछि पार्टी भाताङ्ग-भुतुङ्ग हुन्छ त्यसकारणले नचाहांदा नचांहाँदै पनि पार्टी वा संगठनले उनिहरूलाई अनुसाशनत्मक कार्वाही गर्नैपर्छ।यो कुरा साथिहरूले प्रष्टरूपमा बुझेकाछन तर पनि बंग्याउंने दुशसहाश गर्छन।
यस्को अर्थ यो कत्तिपनि सहि होइन की पार्टीलाई उनिहरूको मायाँ छैन पार्टीलाई पार्टी काडरको अत्याधिक मायां भएरनै बांकी काडरलाई रोग नसरोश भनेर उनिहरूबाट अलग गरिन्छ।कुनैपनि ब्याक्तीलाई बिचारले बांध्ने प्रयात्न गरिन्छ तर कसैलाई बिचार ठिकलाग्दैन त्यो आफु खुसि जुनसुकै ठाउंमा पनि जान सक्छ।
अनुसाशनलाई नमान्ने नेताहरूपनि समयमा कार्वाहीमा पर्नु स्वाभाबिकनैहो।एउटा क्रान्तिकारी पार्टी संगठनमा अनुसाशन प्रमुख मध्यको एउटा पाटोहो अनुसाशन बिना संगठनलाई लामूसमय सम्म डोराउंन सकिदैन।
हामी जतिसुकै क्रान्तिकारी भएपनि यो पुंजिवादी सम्रचना वा ब्यबस्थाको थोरै धेरै असर हामिमा परेकै हुन्छ हामीले आफुलाई सर्वहारा करण गर्ने प्रयात्न गर्दा गर्दैपनि हामी यो पुंजिवादी रोगबाट मुक्त हुन झ्यास्सै सकिंदैन।
हामिमा रहेको रोगको अंशले बिस्तारै हामीलाई ग्रस्त गर्छ र हामिले आफ्नो स्वार्थ कसरी पुरागर्ने भन्दै ध्यान त्यता लतारदै जान थाल्छौं।
कतिपय लामू समदेखी काम गर्दै आएका साथिहरूले यतिलामू समय सम्म बसेर खै के पायौं फलानो भर्खर प्रवेश गरेको कां पुग्यो भनेर आफु निरास भयको देखेर आर्को पार्टीको दुश्मनले उस्लाई बल्छि फाल्न थाल्छ।अनि आगामा तेल थपेपछि त्यसको परिणाम भयानक हुन्छ।त्यो वेला हामिले आफ्नै घरलाई। भित्काउँन पछिपर्दैनौं जो आफैले रगत र पसिना मिसाएर बनाएका हुन्छौं।
अहिलेको यो पुंजिवादी सम्रचनामा यस्तो अबस्था बारमबार आउंछ।कतिपय अवस्थामा गहुं सँग घुन पिस्सिन्छ यो देखेको कुराहो।कतिपय अवस्थामा कुनै कमेटीको बहुमत समेतले गलति गर्छ त्यो सबै कुरा सम्भबछ।तर असम्भव केहुन्छभने पार्टीको बहुमतले गरेको निर्णय बिपरित जानु मिल्दैन त्यो अराजक प्रवृतिनैहो।
कतिपय साथिहरूले भन्नु हुन्छ “बहुमतले गलत बाट़ो छोप्यो अनि हामिले बिद्रोह गरेकाहौं”बिद्रोह भनेको केहो?बिद्रोह गरेपछिको अबस्था कस्तो हुनुपर्नेहो?त्यसबारेमा साथिहरूले रूसको लेनिनवादी बोल्शेविक क्रान्तिको गहिरोगरि अध्यायन गर्नुपर्छ र क्रान्तिकारी बाटो अप्नाउनुपर्छ।वा बहुमतले गरेको निर्णयलाई मानेर पार्टीभित्र दुईलानको शंघर्ष गर्न सक्नुपर्छ।बाहिर मनगढ्न्ते गीत गाएर आफ्नै घरलाई भित्काएर अनि नेतृत्वलाई सरापेर देशभित्र क्रान्ति ल्याउँन खोज्नुभनेको सांच्चैभन्दा हास्यासपद बिषयहो।अहिले उंहाहरूले बिशेष महाधिवेशनका कुरा उंठाउदै आउंनुभयकोछ त्यो केको लागि?जस्ले आठौं महाधिवेशलाई आत्मासाथ गरेर जान सकेनन् उनिहरूले बिशेष महाधिवेशनको कुरा कुन बिधाननुसार उठाउंन सक्छन?उनिहरूले भित्र नौवां महादिवेशन सम्म शंघर्ष गर्नुपर्नेथियो।नौंवा महादिवेशनले उनिहरूको पार्टीलाईनलाई पारित गर्थ्योकी?
पार्टीको सर्वोच्च अंग भनेको महाधिवेशन महाधिवेशन भैसकेपछी त बहुमत र अल्पमतका कुरागर्नुनै अनैतिक र अराजकहो।
अब उनिहरूले पार्टीसँग बिद्रोहनै गर्नेभए आफ्नो छुट्टै महांधिवेशन गरेर राम्रो क्रान्तिकारी पार्टीलाई जन्माउँनुहोश।आफ्नो पार्टीको न्वारानगरेर राम्रो फुलबट्टाभरेको नाम राख्नुस र त भैहाल्छ।यो दिनदिनैको मगरमच्छको रूवाई भन्दा राजनीतिक आन्दोलन गर्नुपर्छ।
सकेसम्म इमानदारी सँग पार्टीको पत्रिका समेत बुझाएर गए यतिलामो समय सम्म साथिहरूले गरेको सम्मान बरकरार रहने थियो।
अहिले हाम्रो दृष्टीमा बन्दुक उठाउंने अबस्था पनि छैन त्यसोभयपछि पार्टीले त्यो आधार तैयारपार्नलाई भयपनि आफ्नो पार्टीको चुनावी मोर्चा द्वारा स्थानिय चुनावमा जानेछ।कृपया गरेर राजमोका कण्डिडेटलाई आफ्नो अमूल्य मत दिएर शंघर्षको बाटो छोप्नुहुनेछ भन्ने आसा गर्दछौं।
हामिले चुनावलाई कार्यनीतिनै ठानेकाछौं यसको अर्थ यो होइन कि एक पटक उपयोग गर्ने आर्को पटक बहिस्कार गर्ने।यसलाई बुझ्दा अबस्थानुसार चुनावलाई बहिस्कार र उपयोग गर्ने नीतिलाई बुझ्नुपर्छ।पार्टीले जतिवेला बहिस्कार गर्नैपर्ने बस्तुगत अबस्था आउंछ त्यो वेलामा बहिस्कार पनि गर्नेछ।कुनैवेला सरकारमा पनि बस्ला र बाहिरबाट समर्थन पनि देला।एउटा कान्तिकारी पार्टीले आपसमा छलफलगरेर समय अनुसार कार्यनीति तजुर्मा गर्छ त्यो सहमतिय वा बहुमतिय प्रणालि द्वारानै हुन्छ र हुनुपर्छ।
एउटा क्रान्तिकारी पार्टीको लागि चुनाव सबथोक होइन तर नौलोजनवादी क्रान्तिको आधार तैयार पार्ने श्रोतपनि हुनसक्छ त्यसकारण चुनावलाई एक्लै वा तालमेल गरेर भागलिनुपर्छ।हाम्रो लक्ष भनेको सौप्रतिसत हुंदाहुदैपनि कहिले एकप्रतिसतमा टेकेर पनि उनानसए प्रतिसतको लागि शंघर्ष गर्ने हुन्छ।यही अहिलेको राजनीतिक अबस्थाहो भनेर बुझ्नुपर्छ।