• होमपेज
  • बडिमालिका
  • बडिमालिका- छाउपडि उन्मुलन अभियानमा धामिझाँक्रीको सक्रियता

बडिमालिका- छाउपडि उन्मुलन अभियानमा धामिझाँक्रीको सक्रियता

  • सोमवार, फाल्गुन २३, २०७८
बडिमालिका- छाउपडि उन्मुलन अभियानमा धामिझाँक्रीको सक्रियता

फागुन–बाजुराको बडिमालिका नगरपालिकामा छाउपडि प्रथा उन्मुलन अभियानमा धामिझाँक्री सक्रिय भएका छन् । नगरपालिकाले छाउपडि प्रथा उन्मुलन शुरु गरेको अभियानमा धामिझाँक्री पनि गोठमा बस्नु हुदैन्, छुवाछुत गर्नुहुदैन भन्दै अग्रपंक्तिमा लागेका छन् ।
धामिझाँक्रीनै छाउगोठमा बस्नु हुदैन भनेर टोलटोलमा पुगेपछि अभियान समेत प्रभाबकारी बन्दै गएको छ । बडीमालिका नगरपालिका-८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला शिक्षिका विद्यालय जान नपाउने गरेका थिए । बिद्यालय नजिकै रतुडा कैलाश देउताको मन्दिर भएकाले महिनावारी भएकाले बेला बिद्यालय जान रोक लगाइएको थियो ।
नगरपालिकाले धामिझाँक्री सँग छाउपडि कुप्रथा बारेमा गाउँमा गएर छलफल गरेको थियो । छलफल पछि रतुडा कैलाशका प्रमुख धामी राम ऐडी, धामी किष्णा ऐडी, मष्टाका पुजारी बहादुर रावल, शिलाडाका मुख्य धामी सुुरेन्द्रबहादुर रावल, भगवतीका पुजारी दलबहादुर रावल, भेरालका धामी हीरेन्द्र विक, गोल लोहारले महिनावारी भएको बेला बिद्यालय आउन दिने लिखित प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गङ्गा रावलले बताए । कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन पाउने गरी समस्या समाधान भएको छ ।
छाउपडि प्रथा उन्मुलनको जड देबि देउता रिसाउन अन्धबिश्वास रहेको थियो । प्रथा अत्य अभियानमा धामिझाँक्री नै सहभागिता गराएपछि समस्या हटेको बडिमालिका नगरपालिका महिला तथा बालबालिका उप शाखामा कार्यरत महिला विकास सहायक निरिक्षक विन्दु बडालले जनाएकि छन् । पटकपटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका पाँच दिनसम्म विद्यालय जादैनन् भन्ने समाचार आएपछि नगरपालिकाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक र कैलाशलगायतका धामीसँग परामर्श छलफल पछि विद्यालय जान दिनेगरी प्रतिबद्धता भएको वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् ।
नगरपालिकाको टोल टोलका धामी, पुरोहित, पुजारी, सासु बुहारीसंग अन्तक्र्रिया तथा छाउप्रथा नमान्ने प्रतिवद्धता गरिरहेको महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले वताएकि छन् । नगरपालिकाका-३, ४, ५, ६ र ९ वडा छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् । बाँकि वडाहरु पनि छाउपडि गोठमुक्त हुने अभियानमा रहेको नगरपालिकाले वताएको छ ।
बाजुरामा छाउपडि प्रथाले निकै जरो गाडिरहेको छ । महिनावारी भएको ५ दिन सम्म घर भन्दा अलगै बस्नुपर्ने बाध्यता रहदै आएको थियो । देउता रिसाउने प्रथाले निकै जरो गाडिरहेको थियो । बडिमालिका नगरपालिकाले छाउपडि अन्त्यका लागि धामिझाँक्री पुरोहित सँग अन्तक्र्रिया, सासु बुहारी अन्तक्र्रिया, किशोरी र महिलालाई सेनेटरी प्याड निर्माण तालिम जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै धामिझाँक्री, शिक्षक, शिक्षिका, किशोर, किशोरी, महिला सहितको सहभागितमा सामुहिक अन्तक्र्रिया तथा छलफल सञ्चालन भइरहेको नगरउपप्रमुख कबिता बिष्टले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार