बाजुरा– बडिमालिका नगरपालिकाले धामी झाँक्री र पुरोहितलाई अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । समाजमा जगडीएर रहेको छाउपडी प्रथा र बालबिबाहको अन्य गर्न अन्तरक्रिया कार्यक्रम सुरु गरिएको बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले जानकारी दिएकी छन् ।
बडिमालिका नगरपालिकाकाकी उपप्रमुख कबिता बिष्टको संयोजगत्वमा फागुन ८ गते अनुगमन पश्चात ९ गते बसेको समिक्षा बैठकको छलफलबाट धामी झाक्री र पुरोहितसंग अन्तरक्रिया कार्याक्रमले अभियानमा सकरात्मक भूमीका खेल्ने भएकोले अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
महिनावारी भएको समयमा घर भित्र बस्ता देउता रिसाउने र अनिष्ट हुने अन्ध बिश्वास रहेको र धामी झाँक्रीको मुख्य भूमीका हुनेभएकोले अन्तरक्रिया गरेर जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको उपप्रमुख बिष्टले बताउनु भयो ।
त्यसै गरी समाजमा बालबिबाह पनि ब्यप्त रहेकोले त्यसको अत्यको लागि बिबाह जुराउने पुरोहीतलाई बालबालिकाको बिहे जुराउने पुरोहित त्यो बिबाहमा संलग्न ब्यक्तिलाई नेपालको कानूनी ब्यबस्था र बिहे गराएबाफतको सजाएबारे पनि जानकारी गराएको छ ।
महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिका २ र ८ वडालाई अन्तराष्टिय नारिदिवसकाको अवसर पारी फागुन २४ गते छाउपडी गोठमुक्त वडा घोषणा गर्ने र विभिन्न कार्यक्रमहरू गरि किशोरीहरूलाई स्थानीय सेनेटरी प्याड निर्माण लगाएतका जनचेतनामूलक कार्यक्रम सुरु गरीएको छ ।
बडिमालिका नगरपालिकाको आयोजनामा सुरु गरिएको अन्तरक्रिया कार्यक्रम बुधबार बडिमालिका नगरपालिका २ भौनेरामा, बिहीबार मार्तडी र शुक्रबार रापकमा संचालन गरीएको छ । कार्यक्रमको समन्वय नेपाल पत्रकार महासघ, नेपाल प्रहरी, पीसबिन बाजुरा साहश नेपाल, आईएनएफ, जिल्ला स्थिति बिभिन्न संघ सस्थाहरुको रहेको छ ।