
बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती आधारभुत बिद्यालयको ३ कोठे पक्की भवन बन्ने भएको छ । संघिय सकारको आर्थिक सहयोग र स्थानिय तहकाे समन्वयमा सो भवन बन्न लागेको हो ।
संघिय सरकारको सहयोग तथा बडिमालिका नगरपालिकाको समन्वयमा बन्ने ३ कोठे भवनको ठेक्का भएर आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । ऋषीगौरी निर्माण एण्ड सप्लार्यसले जिम्मा पाएको सो भवनको नेपाली काँग्रेस बाजुराका निबर्तमान सभापती कबिराज पण्डितले शिलान्यास गरेको बडिमालिका नगरपालिका वडा न ७ का वडा सदस्य धनलाल पाध्यायले बताएका छन ।
सरोस्वती आधारभुत बिद्यालयको ३ कोठे भवनका लागि संघिय सरकारबाट ३० लाख बिनीयोजन भएको बिद्यालयका प्राधानाध्यापक हस्त बहादुर धामीले बताएका छन ।
सो कार्यक्रममा नेपाली काग्रेसका निबर्तमान सभापती कबिराज पण्डित, नेपाली काग्रेसका प्रदेश सदस्य तथा नेपाली काग्रेसका नेता धनराज पण्डित, वडा सदस्य धनलाल पाध्याय सरोस्वती आधारभुत बिद्यालयका प्राधानाध्यापक हस्त बहादुर धामी बडिमालिका नगरपालिकाका इन्जीनियर शेर बहादुर बुढा र हरी आचार्य, शिक्षक बल बहादुर रोकाया लगायतको उपस्थिती रहेको थियो ।


