• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराकाे अधिबेशन प्रचार प्रसार उपसमितिको बैठक सम्पन्न

नेकपा एमाले बाजुराकाे अधिबेशन प्रचार प्रसार उपसमितिको बैठक सम्पन्न

  • शुक्रबार, पुस १६, २०७८
नेकपा एमाले बाजुराकाे अधिबेशन प्रचार प्रसार उपसमितिको बैठक सम्पन्न

बाजुरा — नेकपा एमाले बाजुराको ७ औँ अधिबेशनका लागि बनेको प्रचार प्रसार उपसमितिको बैठक सम्पन्न भएको छ । नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख तथा अधिबेशन प्रचार प्रसार समितिका संयोजक अमर खड्काको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले प्रचार प्रसारलाई अगाडी बढाउन बिभिन्नि निणर्य समेत गरेको प्रचार प्रसार समितिका संयोजक अमर खड्काले बताएका छन । सदरमुकाम मार्तडीमा सम्पन्न बैठकले ५ जनालाई मनोनित गरेको छ । उपसमितिमा नन्दा थापा, लक्ष्मीराज पाध्याय, मदन बिक, रमित बिक र प्रमित बिकलाई मनोनित गरेको छ ।
त्यसै गरि एमालेको अधिबेशन तयारीका लागि प्रचार प्रशार गर्न बिषयगत जिम्मेवारी समेत दिएको छ , जसमा रेडियोमा प्रचार साम्रगी बनाउन नन्दा थापा र रमित बिकलाई जिम्मेवारी दिएको छ भने अनलाइन तिरको प्रचार साम्रगी बनाउने जिम्मा लक्ष्मीराज पाध्याय, मदन बिक र प्रमित बिकलाई जिम्मेवारी दिएको छ ।
त्यसै गरी सामाजिक संजालमा प्रचार प्रसार गर्नका  लागि कृष्ण ओली, बसन्त बिक, पदम सिहं, प्रकाश सिहं र सर्पलाल गिरीलाई जिम्मेवारी दिएको छ । त्यस्तै प्रचार प्रसार साम्रगी तयारी उपसमितिमा मदन बिक, लक्ष्मीराज पाध्याय र प्रमित बिकलाई जिम्मेवारी दिने बैठकको निणर्य भएको प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन ।
अधिबेशन भब्य र सभ्य तरिकाले सम्पन्न गर्न प्रचार प्रसार समितिको जिम्मेवारी पाएका सबैले लाग्नुपर्ने प्रचार बिभाग प्रमुख खड्काले बताएका छन ।  प्रचार बिभाग प्रमुख तथा नेकपा एमाले अधिबेशन प्रचार प्रसार उपसमितिका संयोजक अमर खड्काको अध्यक्षतामा बसेको बैठकमा सहसंयोजक कृष्ण ओली, सदस्य पदम सिहं, लक्ष्मीराज पाध्याय, मदन बिक र रमित बिकको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार