
काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ८ सय मतको अग्रता लिएका छन् ।
३१२० मत गणना हुँदा गगनले २०३७ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १२५५, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, डा. मिनेन्द्र रिजालले ५४६ र राजाराम कार्कीले ७५ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।
कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
