गोरखा — फलामको रेलिङ हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गण्डकी गाउँपालिका–२ ताङ्लीचोक साँधीखोलाका २८ बर्षका टीकाराम थापा रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो घ्याप्रिङ गाउँस्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्ने क्रममा थापालाई करेन्ट लागेको थियो। घाइते भएका उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।
थापाको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश दाहालले बताए।