
काठमाडौं– महोत्तरीमा बुहारीले लट्ठीले कुट्दा सासूको मृत्यु भएको छ। मटिहानी नगरपालिका -७ की ६० वर्षीया जगतारण देवीको आफ्नै बुहारी ३७ वर्षीया तेतरी देवी खत्वेको कुटाइबाट ज्यान गएको प्रहरीले जनाएको छ।
लट्ठीको कुटाइबाट शरीरका विभिन्न भाग र टाउकोमा गम्भीर चोट लागेर उनको मृत्यु भएको बताइएको छ। बुहारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ।
