कसैको मनमा पसि वाह निकाल्न कठिन हुन्छ,
रचनाको प्रत्येक शब्दहरू एक दम नविन हुन्छ।
प्रत्यक शब्दले मन मष्तिकमै छाप छाडि जाँदा,
यथार्थमा यो साहित्यकार रैछ भन्ने एकिन हुन्छ।
मैले गजलमा निर्धनका कथा र ब्याथा लेखियो,
उसैको मन छुँनसक्छ जो कामको अधिन हुन्छ।
साहित्यकारका रचना अमंर रहनेछन दुनियाँमा,
बरू यि नेताहरूका दन्तेकथा एकै छिन हुन्छन।
हुँन प्रत्येक रचनाले श्रमजीवी बर्गको प्रतिनिधि,
जो यहि समाज भित्रमा घर बार बिहिन हुन्छन।
आफु जस्तै निर्धनका लागि लडियो जीवनभरी,
जो दुःख र पिडाले गर्दा सधैभरी मलिन हुन्छन।
सुरेशकुमार पान्डे।