बाजुरा — बाजुरा जिल्लाका अधिकांस शिक्षक कर्मचारीहरु नेपाली काग्रेसको अधिबेशनमा सहभागी हुन धनगडी केन्द्रीत भएका छन । जिल्लाको त्रिबेणी नगरपालिकाका मात्र २१ जना शिक्षक तथा कर्मचारीहरु नेपाली काग्रेसको सुदुरपश्चिम प्रदेशको अधिबेशनमा गएका त्रिबेणी नगरपालिकाका मन बहादुर थापाले जानकारी दिएका छन ।
त्रिबेणी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीबी शाह, आइटी नरेश पन्त, खापासटे नबिन साउद, सामाजिक परिचालक टेक रावल भुपाल ऐडी, हर्क साउद, धनी जैशी लगायत त्रिबेणी नगरपालिकाका २१ जना कर्मचारीहरु नेपाली काग्रेसकोे अधिबेशनमा जादा नगरपालिकाको कामकाज प्रभाबित भएको स्थानीयले बताएका छन।
त्यसैै गरी बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका लगायतका स्थानीय तहका दर्जन बढि कर्मचारीहरु नेपाली काग्रेस सुदुर पश्चिम प्रदेशको अधिबेशनमा गएकाे जनाएको छ ।
अधिकांस कर्मचारीहिरुले कार्यलय नै बन्द गरेर गएपछि स्थानीयले पाउने सेवा प्रभाबित भएको नागरिक अगुवाले बताएका छन ।