शंघर्ष पनि शंघर्ष जस्तो भैन योगदान बिनाको,
कसरी हुन्छ मुक्ति शंघर्षको आवहान बिनाको।
बतासले न छोएको रूख कसरि हुर्किन्छन मित्र,
परिवर्तन पनि त आउँदैन कत्ति तुफान बिनाको।
अगाडि पनि त बड्न सकिदैन शाथि चुप लागी,
को होन्छर यार यो धर्तिमा भनौ परान बिनाको।
चराचर जगतमा त निषेधको पनि निशेद हुन्छ।
कसरी सम्भब हुन्थ्यो प्रकृया अफ्सान बिनाको।
भाषन पनि त नेताहरूको जनताले कहाँ शुन्छ,
चटपटा नगरि पस्किने कथा र उखान बिनाको।
हो दोष नेताको छ तर जनताको पनि कम छैन,
कसैको जीन्दगि काटिदैन यो प्रावधान बिनाको।
सुरेशकुमार पान्डे।