• होमपेज
  • समाचार
  • कैलालीमा ‘बर्थ डे’ पार्टीमा विवाद, नृत्यमा हाँसेर गिज्याएको भन्दै किशोरको हत्या

कैलालीमा ‘बर्थ डे’ पार्टीमा विवाद, नृत्यमा हाँसेर गिज्याएको भन्दै किशोरको हत्या

  • शनिबार, कार्तिक १३, २०७८
कैलालीमा ‘बर्थ डे’ पार्टीमा विवाद, नृत्यमा हाँसेर गिज्याएको भन्दै किशोरको हत्या

धनगढी — शुक्रबार राति कैलालीको टीकापुर नगरपालीका वडा नम्बर ८ कालीमाटीका १८ वर्षीय अनुप साउद गाउँमै ‘बर्थ डे’ पार्टीमा रमाइरहेका थिए। कालीमाटीका मात्रै नभई बर्थ डे पार्टीमा छिमेकी गाउँका युवाहरुको पनि सहभागिता थियो।

केही समय अगाडि मात्रै विवाह गरेका अनुपका साथीहरु पनि थिए पार्टीमा। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘अधिकांशले मादक पदार्थ सेवन गरेका रहेछन्। सोही ठाउँका हरि साउदले नाच्दा अनुप लगायतका युवाहरुले हासेर गिज्याएको भन्दै विवाद सुरु भएको रहेछ।’

नृत्यमा हासेको भन्दै अनुप र हरिका साला नाता पर्ने भजनी नगरपालीका वडा नम्बर ३ ठेकीपुरका किरण साउदबीच कुटाकुट भएको सापकोटाले बताए। ‘कुटाकुट हुन थालेपछि ठेकीपुरका किरण साउदले अनुपलाई चक्कु प्रहार गरेको खुलेको छ,’ सापकोटाले भने, ‘चक्कु प्रहारबाट आन्द्रा बाहिर निस्किएको थियो। उपचारका क्रममा अनुपको टीकापुर अस्पतालमा मृत्यु भएको छ।’

चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। भजनी नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किरणलाई हत्या आरोपमा पक्राउ गरिएको बिष्टले बताए।

यता मृतक अनुपका दाई नाता पर्ने खडक साउदले सामान्य विवादमा विभत्र्स हत्या गरिएको बताए। उनका अनुसार अनुपका बुवाआमा भारतमा छन् भने उनकी एक बहिनी छिन्।

चर्चामा

सम्बन्धित समाचार