• होमपेज
  • समाचार
  • कञ्चनपुरमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • मङ्लबार, कार्तिक ९, २०७८
कञ्चनपुरमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु २० हजार जरिवाना ठहर गरेको थियो।

अदालतबाट कैद र जरिवाना ठहर भएपछि शाही फरार थिए। पक्राउ परेका शाहीलाई प्रहरीले अदालतमा पेश गरी कैदी पूर्जी जारी गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ।

चर्चामा

सम्बन्धित समाचार