बाजुरा — बाजुराकाे सदरमुकाम देखी काेल्टी सम्मकाे ४१ किलाेमिटर सडकमा यातायात ब्यबासायीले आफू खुशी भाडादर निर्धारण गरी यात्रुहरू ठगिने गरेका छन । जिल्ला प्रशासनकाे अनुगमन नहुदा दशैकाे समयमा बाजुरा पुगेकाे यात्रुहरू काडमाण्डाै देखी बाजुराकाे भाडा दर र मार्तडी देखी काेल्टी सम्मकाे भाडादरमा कुनै फरक नभएकाे बताएका छन ।
काठमाणडाै बाट बाजुरा ४८ घण्टाकाे यात्रामा २ हजार ७ सय र मार्तडी देखी काेल्टीकाे ४१ किलाेमिटर सडकमा २ हजार भाडा तिरएकाे एक यात्रुले काेल्टीबाट बडिमालिका खवरलाइ बताए । यातायात ब्यबासायीले आफू खुशी भाडादर निर्धारण गर्न थालेको भए पनी प्रशासनकाे माैनताले गर्दा यात्रुहरू ठगिन पुगेका छन ।
वर्षायाममा बाटो खराब भएको कारण देखाउदै जीप व्यवसायीयहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेको एक यात्रुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादर भन्दा दोब्बर भाडा लिने गरेका छन् ।
उनीहरुले यात्रुलाई ठग्दै भाडा असुल्ने गरेकाे यात्रुहरूले बताएका छन । प्रशासनले मार्तडी–कोल्टीसम्मको भाडादर ८ सय निर्धारण गरेको भएपनि मार्तडी देखि दानसागुसम्मको भाडा १ हजार ५ सय देखी २ हजार सम्म लिने गरेकाे पाइएकाे छ । जिल्ला प्रशासनले यस अघि पनि पटक पटक भाडा निर्धारण गरेकाे भए पनि जीप ब्यबासायीहरूले भने प्रशासनकाे निर्णय नमान्ने गरेकाे छन ।