• होमपेज
  • समाचार
  • १८ लाख ७५ हजार भन्दा बढि नगद सहित २५ जना जुवाडे पक्राउ

१८ लाख ७५ हजार भन्दा बढि नगद सहित २५ जना जुवाडे पक्राउ

  • बिहिबार, अशोज ७, २०७८
१८ लाख ७५ हजार भन्दा बढि नगद सहित २५ जना जुवाडे पक्राउ

काठमाडौं — कागेश्वरी मनोहरा नगरपालिका-७ हरहमहादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा हरहरमहादेव बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार