
काठमाडौँ — काठमाडौँ थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काडाघारीबाट हराएको उजुरी दिएकामा थिए ।
सोही आधारमा खोजतलास गर्दै जाँदा महाशाखाले थलीमा मोटरसाइकल फेला पारेको हो । मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धान एवम् कारबाहीका लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।
