• होमपेज
  • समाचार
  • धनगढीकी राधा, जसले ६ वर्षको उमेरमा ९० वर्षीय वृद्धसँग बिहे गरिन् र एक वर्षमै गुमाइन् श्रीमान

धनगढीकी राधा, जसले ६ वर्षको उमेरमा ९० वर्षीय वृद्धसँग बिहे गरिन् र एक वर्षमै गुमाइन् श्रीमान

  • बुधबार, भदौ २, २०७८
धनगढीकी राधा, जसले ६ वर्षको उमेरमा ९० वर्षीय वृद्धसँग बिहे गरिन् र एक वर्षमै गुमाइन् श्रीमान

धनगढी — अहिले ६ वर्षीया बालिकाको विवाह भयो भन्दा कसैलाई पत्यार लाग्दैन होला। त्यो पनि एक ९० वर्ष भन्दा बढी उमेरका वृद्धसँग। एउटा चलचित्र जस्तै लाग्ने कथा र व्यथा छ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित शिवपुरी धामको माता कुटीमा बस्दै आएकी राधा गिरीको।

उनी विगत २० वर्षदेखि शिवपुरी धाममा बस्दै आएकी छिन्। ‘थाहा छैन कहिले हो तर त्यतिबेला राजा विरेन्द्र ज्यूँदै थिए। म यहाँ बसेको १/२ वर्षपछि त उनी मरिहाले। त्यति बेला यहाँ बसेकी हुँ’ उनले भनिन्। शिवपुरी धाममा त्यतिबेला एउटा मात्रै सानो मन्दिर रहेको उनी बताउँछिन्। ‘यहाँ त ठुलो घना जंगल थियो। चौधरीहरुले गाई गोरु चराउँथे। माछा मार्थे। घना जंगलबीचमा रहेको सानो कुटीमा हामी दुई जना बस्थ्यौँ’ उनले भनिन्। आफुहरुलाई यहाँ बत्ती बाल्न पुजापाठ गर्न ल्याइएको उनी बताउँछिन्।

माता भइसकेपछि उनी दर्जन बढी धाम तथा ठूलठूला शक्तिपिठमा पुगिसकेकी छिन्। माता भइसकेपछि उनी सुदूरपश्चिमका पर्यटकीयस्थल तथा शक्तिपिठ खप्तड, बडीमालिका लगायतका धेरै ठाउँ पुगिसकेकी छिन्। यस्तै भारतको काँसी, पर्याराज, हरिद्वार लगायत चिनको तिब्बतमा रहेको कैलाश मानसरोवर समेत पुगिसकेको उनी बताउँछिन्।

चर्चामा

सम्बन्धित समाचार