
साथि जे जस्तो भए पनि एकता बनाएर जानुपर्छ,
आ-आफ्ना बिचारहरुलाई भित्र खनाएर जानुपर्छ।
गफ नलगाउ जानेलाई र बस्नेलाई पनि चिनेकाहौँ,
आफु लाई लगेका तित्ता र मिठा जनाएर जानुपर्छ।
फुटेर त कसैको भलो भएन जुटेर जानु तैयारी गरौं,
एकताको खाँचोछ एक अर्कालाई मनाएर जानुपर्छ।
जानैपर्ने जाने बस्नै पर्ने भस्ने माहोल बन्दै जान्थ्यो,
आउँने दिनहरुमा मित्र र दुश्मन छनाएर जानुपर्छ।
आउँने जाने त लागि रहन्छ जनशंघर्षको यात्रा मा,
तर पनि तिमि यसरि अरु लाई न गनाएर जानुपर्छ।
सुरेशकुमार पान्डे।
