
बागमति प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका–४ बाट बिगत डेढ हप्तादेखि हराईरहेकाले आफ्ना दुई छोराहरुको खोजी गरिदिन उनीहरुका अभिभावकले अपिल आग्रह गर्नुभएको छ ।
गत साउन १६ गते शनिबार आफ्नै घरबाट दुई दाजुभाई १६ बर्षिय सुदिप बिश्वकर्मा र १३ बर्षिय सुजन बिश्वकर्मा सम्पर्कबिहिन भएकोले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि अझै फेला नपरेको उनीहरुका बुबा सुर्य बिश्वकर्माले दुखेसो ब्यक्त गर्नुभयो ।
उनीहरु दुबै दाजुभाई श्रमिक मावि कर्रामा कक्षा १० र कक्षा ६ मा अध्ययन रहेको जानकारी उनीहरुको आमा शकुन्तला बिश्वकर्माले जानकारी दिनुभयो । उनले आफ्ना छोराहरुलाई ललाइफकाई कतै लगेर बेचिदिन सक्ने भएकाले चाडै खोजी गरिदिन आग्रह गरे पनि प्रहरीले अझै फेला पार्न नसकेकामा आफुहरु निरास भएको बताउनुभयो ।
उनीहरु हेटौडा –४, कर्राका स्थायी बासिन्दा हुन् ।
