• होमपेज
  • समाचार
  • म्याग्दीको बेनी बजारमा आगलागी

म्याग्दीको बेनी बजारमा आगलागी

  • मङ्लबार, साउन २६, २०७८
म्याग्दीको बेनी बजारमा आगलागी

काठमाडौं — म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।

बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ ।

रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पडि्कएर ठूलो आवाज आएको थियो । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार