• होमपेज
  • समाचार
  • युवक मृत्यु प्रकरण : ३ युवायुवती पक्राउ

युवक मृत्यु प्रकरण : ३ युवायुवती पक्राउ

  • आइतवार, साउन २४, २०७८
युवक मृत्यु प्रकरण : ३ युवायुवती पक्राउ

धनगढी — धनगढीमा उपचारका क्रममा सुर्य मानन्धर मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवक मानन्धरको मृत्यु भएपछि अनुसन्धानका लागि दुई युवक र एक युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

‘शुक्रबार साँझ सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि मानन्धरलाई भर्ना गरिएको थियो,’ उनले भने, ‘मानन्धरको राति मृत्यु भएको थियो। उनको मृत्युपछि सोधपुछका लागि तीन जनालाई पक्राउ गरिएको हो।’ उनका अनुसार मृत्यु भएका मानन्धर र पक्राउ परेका तीन जना लागुऔषध प्रयोगकर्ता हुन्।

चर्चामा

सम्बन्धित समाचार