• होमपेज
  • समाचार
  • भैँसी किन्ने बहानामा वास मागेर लुटपाट

भैँसी किन्ने बहानामा वास मागेर लुटपाट

  • शनिबार, साउन २३, २०७८
भैँसी किन्ने बहानामा वास मागेर लुटपाट

लेखको भैरवी गाउँपालिका– १ रावतकोट गुयाली टोलमा बिहीबार राति भैँसी किन्ने बहानामा वास मागेर बसेका तीनजनाको समूहले स्थानीयलाई विष खुवाएर बेहोस बनाई लुटपाट गरेकाे छ ।

बिहीबार साँझ ५ बजे भैँसी किन्ने बहानामा अज्ञात तीनजना मान्छेको समूहले रावतकोटका सेते खत्रीको घरमा वास मागेको र खानामा औषधि मिसाई बेहोस बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बेहोस बनाएपछि गरगहना र रकम लुटेको स्थानीयले बताए ।

बेहोस भएका रावतकोट गुयाली टोलका ६९ वर्षे माग्ली खत्री र ४८ वर्षे नन्नकला खत्रीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याई सामान्य उपचार पछि पुनः सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रहरी निरीक्षक नेत्र बुढाको नेतृत्वमा गएको प्रहरीले उद्धारसँगै थप अनुसन्धान सुरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार