• होमपेज
  • समाचार
  • बौद्धमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

बौद्धमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

  • बिहिबार, साउन २१, २०७८
बौद्धमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं — काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार