• होमपेज
  • समाचार
  • गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • बिहिबार, साउन २१, २०७८
गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गुल्मीमा गएराती ट्याक्टर दुर्घटनामा परेर चालकको ज्यान गएको छ । सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो । जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर सडकदेखि १५ ÷२० मिटर तल खसेको, थियो । चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
त्यस्तै बुधबार दिउँसो सोही गाउँपालिका ४ ढाँडागैरा भन्ने स्थानमा लु २ च १४६८ नम्वरको जिप दुर्घटना हुँदा ५ जना सामन्य घाईते भएको डिएसपी पाण्डेले बताए ।

चर्चामा

सम्बन्धित समाचार