• होमपेज
  • समाचार
  • जनप्रतिनिधिको मनोमानी,स्थानीयद्धारा वडा कार्यलयमा तालाबन्दी

जनप्रतिनिधिको मनोमानी,स्थानीयद्धारा वडा कार्यलयमा तालाबन्दी

  • मङ्लबार, साउन १९, २०७८
जनप्रतिनिधिको मनोमानी,स्थानीयद्धारा वडा कार्यलयमा तालाबन्दी

अर्थ जङ्ग शाही/बझाङ्ग — सार्वजनिक सुनुवाईको माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका –६ नौराको वडाकार्यालयमा आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै स्थानिय युवाहरु संगठित भई सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडामा आएको बजेट अर्कै शिर्षका रकमान्तर गरी दुरुपयोग भएको भन्दै युवाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडाले आर्थिक वर्ष वितिसक्दा समेत वडाको सार्वजनिक सुनुवाई नगरेको र वडाको केही बजेट रकमान्तर गरी गाउँको सहकारीमा लगानी गरेकाले यसको लेखाजोखा माग्न वडा कार्यालयमा तालाबन्दी गरेको युवाहरुले जानकारी दिएका छन् ।

वडाकार्यालयले आमधारा कृषि सहकारीको जिपमा लगानी गरेको बजेट फिर्ता गर्नुपर्ने,वडाको सार्वजनिक सुनुवाई गरिनुपर्ने र आगजनी भएको सहकारीको जिप चाँडो संचालनमा ल्याउनुपर्ने, दोषीलाई चाँडोभन्दा चाडो कार्वाहीको दायरामा ल्याउनु पर्ने जस्ता मागहरु राख्दै युवाहरुले वडाकार्यालय तालाबन्दी गरेको स्थानीय देबेन्द्र बहादुर सिंहले बताउनुभयो । सार्वजनिक सुनुवाई नभएसम्म वडाकार्यालयमा लगाएको ताला नखोल्ने समेत सिंहले बताउए।

गाउँमा सेवा दिदै आएको एकमात्र आमधारा कृषि सहकारीको जिप सहकारीका पदाधिकारीले अन्य गाउँका ब्यक्तिलाई भाडामा दिने निर्णय गरेपछि एक साता अघि अज्ञात समुहले उक्त सहकारीको जिपमा आगजनी गरेका थियो । जिपमा आगजनी भएपछि गाउँमा खाद्ययन्न लगाएतका समानहरु ढुवानी गर्ने असहज भएको भन्दै सहकारीको जिप छिटो संचालनमा ल्याउनुपर्ने युवाहरुको माग रहेको छ । पटक पटक वडाको सार्वजनिक सुनुवाईको माग राख्दा समेत वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले अटेर गरेको युवाहरुको भनाई छ ।

जयपृथ्वी नगरपालिका ६ नं.वडा स्थित आमधारा कृषि सहकारीको जिपमा आगजनी गर्ने ब्यक्तिको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस अघि पनि वडाको बजेट अनियमिता भएको भन्दै तालाबन्दी भएको थियो भने वडामा तालाबन्दी गरिएको यो दोस्रो पटक हो ।

तालाबन्दीको बिषयमा वडा अध्यक्ष नरेन्द्र बहादुर सिंह संग बुझ्न खोज्दा मोबाईल अफ रहेको छ । वडा सदस्य गणेश सिंहलाई खबर गर्दा आफु विरामी भएर धनगढी गएको र त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको बताउएका छन ।

चर्चामा

सम्बन्धित समाचार