• होमपेज
  • समाचार
  • सुडानको नदीमा भेटिए बगिरहेका दर्जनौं शव

सुडानको नदीमा भेटिए बगिरहेका दर्जनौं शव

  • मङ्लबार, साउन १९, २०७८
सुडानको नदीमा भेटिए बगिरहेका दर्जनौं शव

सुडानका अधिकारीहरूले कास्साला प्रान्तको एक नदीमा दर्जनौं शव बग्दै गरेको भेटिको बताएका छन्।

ती शवहरू छिमेकी इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिगरेबाट आएको उनीहरूको दाबी छ।अहिलेसम्म झन्डै ५० वटा शव फेला परेका छन्। नदीको वहाव तीव्र भएकाले धेरै शव बगरे गएको उनीहरूको भनाइ छ।

समाचार संस्था एसोसियट प्रेससँग कुरा गर्दै अधिकारीहरूले केही शवमा गोली लागेको र केहीको हात बाँधिएको अवस्थामा फेला परेको बताएका छन्। शव भेटिएका मानिसहरूको मृत्यु के कारण भएको भन्ने पत्ता लगाउन फरेन्सिक जाँच गर्नुपर्ने उनीहरूको भनाइ छ।

सुडानको सीमामा काम गर्ने दुई जना इथियोपियाका स्वास्थ्यकर्मीले पनि शव फेला परेको पुष्टि गरेका छन्। सुडानमा सेटित र इथियोपियामा टेकेजे भनिने नदीमा शव भेटिएका हुन्।

यो नदी नौ महिनादेखि लडाइँ भइरहेको टिगरे क्षेत्र भएर बग्छ। टिगरेमा आदिवासी टिगरेयनहरूले इथियोपियाका सैनिकले बर्बरता मच्चाएको बताएका थिए।

टिगरेमा भएको भीडन्तमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्। केही समयअघि इथियोपियाको सैनिक टिगरेबाट फिर्ता भएको छ।

गत नोभेम्बरमा इथियोपियाका संघीय सुरक्षाकर्मी र टिगरे क्षेत्रमा शासन गरिरहेको टिगरे पिपुल्स लिबरेसन फ्रन्टबीच लडाइँ सुरू भएको थियो।

चर्चामा

सम्बन्धित समाचार