• होमपेज
  • समाचार
  • भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्धको मृत्यु

भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्धको मृत्यु

  • शनिबार, साउन १६, २०७८
भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्धको मृत्यु

कैलालीमा बृद्धभत्ता बुझ्न पुगेका एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-८ का ७६ वर्षीय नरबहादुर साउदको भत्ता बुझ्न वडा कार्यालय आएका बेला मृत्यु भएको हो।

वडा नम्बर ८ का अध्यक्ष दीर्घ ठकुल्लाका अनुसार ती बृद्ध अस्वस्थ भएपछि केहीबेर चौतारामा आराम गरिरहेका थिए। उनलाई उपचारका क्रममा स्वास्थ्य चौकी लैजाने तयारी गरिरहेका बेला उनको मृत्यु भएको ठकुल्लाले बताए।

बैंकमा लाइन लाग्नुपर्ने भएपछि सहजताका लागि वडा कार्यलयबाटै भत्ता दिने गरिएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार