• होमपेज
  • समाचार
  • आपसी लेनदेनको विषयमा कुटपिट हुँदा एकको मृत्यु

आपसी लेनदेनको विषयमा कुटपिट हुँदा एकको मृत्यु

  • शनिबार, साउन १६, २०७८
आपसी लेनदेनको विषयमा कुटपिट हुँदा एकको मृत्यु

आपसी लेनदेनको विषयमा विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ८ जिन्तलाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको कुटपिटबाट मृत्यु भएको हो ।

स्थानीय २६ वर्षीय विमलप्रकाश सिंहले उनीमाथि कुटपिट गरेका थिए । विमललाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला कार्यालय जाजरकोटले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार