• होमपेज
  • विचार/ब्लग
  • हातमा धुलो लगाएर खेलिने अनलाईन गेम पब्जी र फ्री फायर बन्द गरियोस्:साँसद आशा बिक

हातमा धुलो लगाएर खेलिने अनलाईन गेम पब्जी र फ्री फायर बन्द गरियोस्:साँसद आशा बिक

  • बिहिबार, साउन १४, २०७८
हातमा धुलो लगाएर खेलिने अनलाईन गेम पब्जी र फ्री फायर बन्द गरियोस्:साँसद आशा बिक

अर्थ जङ्ग शाही/बझाङ्ग — प्रतिनिधि सभा सदस्य आशा विकले मंगलबारको सदनमा पब्जि र फ्री जस्ता अन्लाईन खेलले बच्चाहरुमा मनोवैज्ञानिक समस्या निम्त्याएको भन्दै सरकारले बन्द गर्नुपर्ने माग राखेकी थिइन् । अहिलेको अवस्थामा अन्लाईन खेलले बालबालिकामा मनोवैज्ञानिक समस्या देखा पर्न थालेको सांसद विकको भनाई छ ।

पब्जि र फ्री फायर जस्ता भर्चुअल हिंस्रक खेलहरुले बच्चाहरुमा द्धन्द्धको भावना सिर्जना गरेको उनि बताउँछिन् । विश्वव्यापी रुपमा कोरोना फैलिएसँगै विद्यालय बन्द भएको अवस्थामा बालबालिकाहरु अन्लाईन कक्षाका लागि मोबाईल र इन्टरनेटको पहुँचमा पुग्दा पब्जि र फ्री फायरको लतमा पुगेको सांसद विकको भनाई छ । गाउँबाट अध्ययनका लागि घरपरिवारबाट टाढा रहेका विद्यार्थीहरु अहिले पब्जि र फ्री फाएरको लतमा पुगेको सांसद विकको भनाई छ । रातभर पब्जि र फ्री फायर खेलेर बस्दा विहान बालबालिकाहरु अबेरसम्म सुत्ने भएकाले यसले उनिहरुले अध्ययनमा ध्यान नदिने सांसद विकको तर्क छ । उनि भन्छिन्, अहिले अध्ययनका लागि विद्यार्थीहरु विभिन्न गाउँबाट शहर आएका हुन्छन् । उनिहरुलाई अनुगमन गर्ने कोही नहुँदा रातभर अन्लाईन खेलमा बस्छन् । विहान अबेरसम्म सुत्ने भएकाले अध्ययनमा ध्यान पनि हुँदैन ।

सांसद विकले सदनमा अन्लाईन खेल बन्द गर्नुपर्छ भनेर धारणा राखेपछि देशका विभिन्न ठाउँबाट अविभावक र पब्जि खेलाडीका फोन आएको सुनाई्न् । विभिन्न गाउँबाट आमाहरुले छोराछोरी विग्रिएको भन्दै जसरी भएपनि बन्द गर्नुपर्छ भनेर फोन आएको उनि बताउँछिन् । उनि भन्छिन्, मलाई अर्घाखाँची, बझाङ र अन्य ठाउँबाट महिला दिदिबहिनीहरुको फोन आएको छ । बझाङबाट त दिदिबहिनीहरुले पब्जि बन्द गर्नका लागि दवाव दिन आन्दोलन नै गर्नुपर्छ भनेपनि हामी तयार छौँ । जसरी भएपनि बन्द गर्नु पर्छ । बालबालिका साह्रै बिग्रिए भनेर अनुरोध गरेकाछन् ।

सामाजिक सञ्जालमा सांसद विकको अभिव्यक्तिलाई लिएर दुई किसिमका प्रतिक्रिया आएकाछन् । त्यसमध्ये अविभावक र परिपक्व व्यक्तिहरुले पब्जि बन्द गर्नुपर्छ भनेर प्रतिक्रिया दिएको सांसद विकको भनाई छ । पब्जि खेलाडीहरुले भने आफ्नो अभिव्यक्ति मन नपरेको उनि बताउँछिन ।

चर्चामा

सम्बन्धित समाचार