• होमपेज
  • समाचार
  • किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ

किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ

  • आइतवार, साउन १०, २०७८
किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ

तनहुँ — १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ ।

ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाले सामूहिक करणी गरेको प्रहरीको दाबी छ । घटनामा संलग्न फरार तीनजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार